निकिता चाण्डक भइन्, सन् २०१७ को मिस नेपाल

हाम्रो कला/काठमाण्डौं
मिस नेपाल–२०१७ को २२ औं संस्करणको विजेता निकिता चाण्डक भएकी छिन् । शुक्रबार राती सम्पन्न अन्तिम प्रतिस्पर्धामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै निकिताले मिस नेपालको ताज पहिरिएकी हुन् ।
होटल अन्नपूर्णमा भएको प्रतिस्पर्धामा मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल निति शाह, मिस नेपाल एशिया प्यासिफिक इन्टरनेशनल सहारा बस्नेत भईन् ।
मोरङ उर्लाबारी घर भएकी उनी अन्तिम चरणमा पुगेका ७ जनामध्ये मिस नेपालको उपाधी चुम्नका लागी सफल भएकी हुन् । उनलाई मिस नेपाल–२०१६ की विजेता अश्मि श्रेष्ठले ताज लगाइ दिएकी थिइन् ।
निकिता मिस नेपाल भएसँगै माडवारी समुदायबाट मिस नेपाल बन्ने पहिलो महिला भएकी छिन् । उनको रुची पहिले देखिनैं मोडलिङमा रहेको थियो ।
Comments
Related News
Latest Updates
Trending
Videos



