परदेशी २’ को समुह पुग्यो श्रीमद्भागवत महायज्ञमा

सिनेपत्र/काठमाण्डौं
आगामी शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म ‘परदेशी २’ आफ्नो प्रचार–प्रसारलाई तिव्र परेको छ । यसैबीच, फिल्मका निर्देशक एवं कलाकारहरु शनिवार श्रीमद्भागवत महायज्ञमा पुगेका छन् । भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले फिल्मको प्रचार गरेका छन् ।
निर्देशक एवं कलाकारहरुलाई त्यहाँ बाजागाजा र फूलमालाले भव्य स्वागत एवं सम्मान गरिएको थियो । निर्देशक नारायण रायमाझीले सुरुवातमा भक्तजनमाझ भकजन प्रस्तुत गरेका थिए । त्यसपश्चात अन्य सांगीतिक प्रस्तुति समेत दिएका उनले घरघरको कथामा ‘परदेशी २’ बनेको बताउँदै चलचित्र हेर्न अपील गरेका थिए ।
Comments
Related News
Latest Updates
Trending
Videos



