‘वेलकम टु हेम्जाकोट’ लाई उत्कृष्ट चलचित्रको अवार्ड

सिनेपत्र/काठमाण्डाैं
सरोज पौडेल निर्देशित डेब्यु चलचित्र वेलकम टु हेम्जाकोट’ ले रिलिज अगावै उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ। काठमाडौँमा आयोजित ‘चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा चलचित्रलाई उत्कृष्ट चलचित्रको अवार्ड दिईएको हो। चलचित्रमा बुद्धि तामाङ, विनोद न्यौपाने, शारदा गिरी, दिनेश खड्का, अम्बिका तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

पहिलो चलचित्रनै उत्कृष्ट बनेपछि निर्देशक पौडेलमा नेपाली सिनेक्षेत्रमा अझैं राम्रो काम गरेर देखाउने आत्माविश्वास बढेको बुझ्न सकिन्छ । अवार्ड जितेपछि उत्साहित हुदै पौडेल भन्छन, ‘म त सिक्दै छु, राम्रो लेखक अनि निर्देशक बन्न यो अवार्ड मेरा लागि सफलतासँगै चुनौती हो र आफूमा अझ जिम्मेवारी थपिएको छ।’ क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र तेजप्रसाद दाहालको प्रस्तुति र जितेन्द्र गिरी निर्माणमा बनेको हो। सुमन खड्काले निर्माता रहेको चलचित्रलाई दीर्घ गुरुङले छायांकन गरेका हुन्। चलचित्रको प्रर्दशन मिती हाल सम्म तय भईनसकेको जानकारी निर्माण पक्षले दिएको छ ।
फेस्टिभलमा ३४ देशका विभिन्न विधाका ७२ अन्तर्राष्ट्रिय फिल्म तथा नेपालका ३४ फिल्म सहभागी थिए । कार्यक्रम ३ दिन सम्म चलेको थियो ।



