रेडियो अन्नपूर्ण नेपालको स्टूडियोमा स्वर सम्राट नारायण गोपालको सम्झना

सिनेपत्र/काठमाण्डाैं

रेडियो अन्नपूर्ण नेपालको आयोजना तथा नारायण गोपाल संगीत कोष र आस्था कलाकेन्द्रको सहकार्यमा आज स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको स्मृतिमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

रेडियो अन्नपूर्ण नेपालको स्टूडियो माहाराजगंज, काठमाण्डाैंमा वाद्यवादनसहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो।  कार्यक्रममा गीता पाण्डे, सञ्जीव आले, अनिल सुनाम, महेन्द्र विश्वकर्मा, नवीन न्यौपाने, राजेश श्रेष्ठ लगायतका कलाकारले स्वरसम्राट नारायण गोपालका गीतहरु प्रस्तुत गरेका थिए।

स्वरसम्राट नारायण गोपालको निधन वि सं‍  २०४७ मंसिर १९ गते भएको थियो। वि सं‍ १९९६ सालमा काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालका थुप्रै गीत आज पनि उतिकै चर्चित रहेको छ ।

Comments
Related News