सार्बजनिक भो तितेपातीको पुस्तक !

सिनेपत्र/काठमाण्डाैं

बिगत लामो समय देखि बैकल्पिक चिकित्सामा संग्लन हुँदै आएका तान्त्रिक हिलर उत्तम कुमार बज्राचार्यद्धारा लिखित पुस्तक सार्बजनिक भएकोछ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा एक कार्यक्रम आयोजन गरि तितेपाती नामक पुस्तक लोकार्पण गरिएको हो ।
भुँडिपुराण प्रकाशनको संचालक केशव प्रसाद पराजुलीको सभापतित्वमा संचालनभएको उक्त लोकार्पण समारोहमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ प्रमुख अथिति रुप उपस्थिति हुनुथ्यो ।


बारिमा त्यसै खेरा गइरहेको तितेपातीलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने कुरालाई पुस्तकमा समेटिएको जानकारी यस पुस्तकका लेखक तान्त्रिक हिलर उत्तम कुमार बज्राचार्यले सिनेपत्रलाई बताऊनु भयो ।


कार्यक्रममा बिशेष अथितिको रुपमा रडियो नेपालका समाचार शाखाका प्रमुख डा. नवराज लम्सालको पनि उपस्थिति रहेको थियो । यस्तै अथितिको रुपमा डा. सुजन पन्त, बाल्मिकी कलेज योग तथा प्राकृतिक शाखाका प्रमुख यति भट्टराई, बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषि जंग शाहको पनि उस्थिति रहको थियो ।


लामो समय देखि वैदिक आर्योवेदिक क्षेत्रमा सक्रिय रुपमा लाग्नु भएका उत्तम कुमार बज्राचार्यले आफ्नो ज्ञान र अनुभवलाई पुस्तक मार्फत सार्बजनिक गर्नु भएको हो । पुस्तक भुँडिपुराण प्रकाशन मार्फत प्रकाशन भएको हो ।

Comments
Related News