दोश्रो राष्ट्रिय थारु “फगुवा महोत्सव” हुदैं

सिनेपत्र/काठमाण्डौ
थारु युवा सभा ,घूङी अनलाइन र जह इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा दोश्रो राष्ट्रिय थारु फगुवा महोत्सव आयोजना हुने भएको छ । थारु कल्याणकारीणी सभाको केन्द्रिय कार्यालय ,काठमाण्डौमा बसेको त्रीपक्षिय बैठकले यस्तो निर्णय गरेको हो ।
थारु युवा सभाका अध्यक्ष कानुन लाल चौधारीकाे संयाेजकत्वमा “दोश्रो रास्ट्रीय थारु फगुवा महोत्सव २०७६ ” हुन लागेकाे हाे । काठमाण्डौमा बसोबास गर्ने थारुहरुलाई एकताबद्द गरी थारुहरुको हकहित अधिकारको रक्षाको लागी प्रोत्साहन गर्ने तथा थारुहरुको मौलिक कला संस्कृतीलाई प्रबर्धन गर्ने र अन्य समुदायसँग संस्कृती आदन प्रदान गर्ने उदेश्यले उक्त महाेत्सव गत वर्ष देखि शुरू भएको थियाे । राष्ट्रिय थारु फगुवा महोत्सव यो वर्ष अझ भब्य बनाउने उदेश्यले थारु युवा सभासँग सहकार्य गरेको पहिलो राष्ट्रिय थारु फगुवा महोत्सवका संयोजक चन्चल चौधरीले बताएका छन् ।
महोत्सव फाल्गुण २६ गते ब्वाइज युनियन क्लब खेलकुद मैदान ,त्रिपुरेश्वोर,काठमाण्डौ हुदैंछ भने महोत्सवमा विभिन्न कलाकार तथा गायकगायिकाहरूकाे मनाेरन्जनात्मक प्रस्तुतिहरू रहनेछ ।



