चितवनमा फागुन १ देखि पटिहानी फुडफेस्टिबल हुदैं

चितवनमा निर्माण भएकाे नेपालकै नमुना ‘अम्रेला स्ट्रिट’ । तस्विर सभार : सौराहा अनलाइन

सिनेपत्र/चितवन

नेपालकै नमुना ‘अम्रेला स्ट्रिट’को निर्माण कार्य सकिएको छ । नेपाल भम्रण वर्ष २०२० लाई लक्षितगरी पर्यटक प्रवर्द्धनका लागि भरतपुर महानगरपालिका–२२ मा पर्ने पटिहानी घट्गाई नजिकै राप्ती नदीको किनारमा निर्माण शुरु गरिएको थियाे । अम्रेला स्ट्रिट निर्माण स्थलमा बनाइएका गोही, गैँडा, बाघ, हात्तीलगायतका मूर्ती निकै आर्कषक देखिएका छन् । यहाँबाट चितवन निकुञ्जका जीवजनावर प्रत्यक्ष रुपमा हेर्न पनि सकिन्छ ।

३ करोड रुपैयाँ लगानीमा निर्माण भएको अम्रेला स्ट्रिटको १२ मिटर चौडा र १ सय २० मिटर लम्बाइ रहेको छ । हरियालीसहितको पार्क बनाइने त्यस क्षेत्रको किनारमा आकर्षक छाता (अम्रेला) राखिएका खुला पसल हुनेछन् । सरकारले यसै वर्ष भरतपुरको पटिहानी क्षेत्रलाई एक सयौँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृतसमेत गरेको छ ।

यसैविच यहि फाल्गुन १ गते अम्रेला स्ट्रीटको उद्घाटनसगै फाल्गुन १ गतेदेखि ३ गतेसम्म घट्गाईमा पटिहानी फुडफेस्टिबल गरिने भएकाे हाे । भरतपुर, २२ नम्बर वडा कार्यालय र पटिहानी पर्यटन बिकास समितिको संयुक्त आयोजनामा फुड फेष्टिवल हुन लागेकाे हो ।

Comments
Related News