चितवनमा ’’मिस्टर एण्ड मिस स्टार चितवन २०१९ ’’ को प्रथम अडिशनसम्पन्न

सिनेपत्र/चितवन
मिस्टर एण्ड मिस स्टार चितवन २०१९ को प्रथम अडिशन चितवनको भरतपुरमा सम्पन्न भएको छ । भरतपुरको पानारोमा गार्डेनमा कार्यक्रम सम्पन्न भएको हो ।
बिशेष गरी १६ देखी ३० वर्ष उमेरका समुहको युवायुवतीहरुले सहभागीता जनाएका थिए । सहभागी प्रतिशप्रधीहरुले आफ्ना अन्य कला तथा ट्यालेन्ड प्रस्तुत गरेका थिए । कार्यक्रमको दि क्यानन् स्टुडियो चितवन र आइ टि सि इन्टरनेशनल ब्युटी पार्लरले स्पोन्सर गरेको थियो भने फोटो तथा भिडियोग्राफी विकाश सापकोटा (अविरल) को रहेको थियो ।
४१ जना प्रतिशप्रधी सहभागी रहेको अडिशनमा प्रमुख जर्जको रुपमा मीना झा एवं अन्य दुइ जर्जमा रबि अधिकारी र मौसुमी दत्त रहेका कार्यक्रमका अर्गनाइजर प्रमुख सरीता आचार्यले जानकारी दिनु भएको छ । उक्त कार्यक्रमको जर्ज मिना झा ईभेन्ट अर्गनाईजर तथा इभेन्ट प्लानर हुन भने रबि अधिकारी पत्रकार एवं चलचित्र निर्माता हुन र मौसुमी दत्त टे«नर एवं शिक्षिका पेशामा आबद्घ रहेका छन ।
नेपालमै पहिलो पटक फरक र पृथक शैलीमा यस इभेन्टलाई सफल बानाउने आयोजक संस्थाको दावी रहेको छ ।



