कसले जिते आइफा अवार्ड?

सिनेपत्र/एजेन्सी

मुम्बईमा बुधबार सम्पन्न भएको आइफा अवार्ड–२०१९ मा उत्कृष्ट अभिनेताको उपाधि रणवीर सिंहले फिल्म ’पद्ममावत’ बाट पाएका छन् ।
यस्तै ’राजी’बाट आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन् । फिल्मतर्फ पनि ’राजी’ नै उत्कृष्ट भएको छ ।

’चेन्नाइ एक्सप्रेस’ बाट दीपिका पादुकोणले उत्कृष्ट अभिनेत्रीको ’विशेष अवार्ड’ पाएकी छिन् । ’आइफा बिग २०’ अवार्ड भने फिल्म ’थ्री इडियट्स’ का लागि निर्देशक राजकुमार हिरानीले पाएका छन् । ’आइफा बिग २०’ अन्तर्गत प्रीतमले ’ए दिल है मुश्किल’ का लागि अवार्ड जितेका छन् ।

उत्कृष्ट निर्देशकको अवार्ड श्रीराम राघवनले ’अन्धाधुन’ बाट पाएका छन्।
त्यस्तै चरित्र अभिनेता को अवार्ड विक्की कौशलले ’सञ्जु’ बाट र अभिनेत्रीमा अदिती राव हैदरले ’पद्मावत’बाट पाएकी छिन् ।

हेर्नुस् यो वर्ष कुन अवार्ड कसले पाएः

उत्कृष्ट अभिनेता:
पद्ममावतका लागि रणवीर सिंह
उत्कृष्ट अभिनेत्रीः राजीबाट आलिया भट्ट
उत्कृष्ट डेब्यू अभिनेत्री:  केदारनाथबाट सारा अली खान
उत्कृष्ट डेब्यू अभिनेता: धडकबाट इशान खट्टर
उत्कृष्ट फिल्मः राजी

Comments
Related News