पोखराकाे किङ्स लाउन्जमा आज कर्माको प्रस्तुती

सिनेपत्र /पोखरा 

पोखराकाे वि किङस् लाउन्जमा विभिन्न चर्चित ब्याण्ड तथा चर्चित गायक गायिकाहरुले आफ्नो सांगीतिक प्रस्तुती दिँदै आएका छन् ।

यसैक्रममा आज शनिबार चर्चित ब्याण्ड कर्माले आफ्नो सांगीतिक प्रस्तुती प्रस्तुत गर्ने भएको छ ।

राति ८ बजेदेखि कर्माले सांगीतिक प्रस्तुती प्रस्तुत गर्नेछ । कर्मा ब्याण्डको हुक्का मेरो, कहाँ होला घरबार, तिम्रो मौनतामा लगायतका थुप्रै गीत चर्चित छन् ।

लाउञ्जमा चर्चित गायक दीपक बज्राचार्य, रिदम व्याण्ड, सबिन राईलगायतले आफ्नो प्रस्तुती दिइसकेका छन् । किङ्स लाउन्जमा हरेक दिन मनोरञ्जनात्मक सांगीतिक प्रस्तुती हुँदै आएको छ ।

लाउन्जमा आउने आगन्तुकका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

Comments
Related News