‘म्यागनम’, शुक्रबार ‘कुटुम्ब’ले तताउँदै

सिनेपत्र /काठमाण्डाै‍

राजधानीको दरबारमार्गमा शुक्रबारदेखि नयाँ लाउन्ज क्लब ‘म्यागनम’ औपचारिक रुपमा सुरु हुँदैछ । साेही अवसरमा लोकप्रिय ब्यान्ड ‘कुटुम्ब’ काे प्रस्तुति रहने भएको छ ।
लोक शास्त्रिय संगीतमा ख्याती कमाएको कुटुम्बले ‘सय थरी बाजा’, ‘सान्नानी’, ‘असारे महिनामा’, ‘झम्के फुली’ लगायत आफ्नो एल्बमका लोकप्रिय गीतहरु कार्यक्रममा प्रस्तुत गर्नेछ । लोपन्मुख वाद्यवादनको संरक्षणमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको यो ब्यान्डले सदाझै बासुरी, सारंगी, धीमे, ढोलक जस्ता बाजाहरुसहित आफ्नो प्रस्तुति दिनेछ ।
उद्घाटन कार्यक्रम साँझको ७ बजेबाट सुरु हुने र कार्यक्रममा डिजे सेसन पनि राखिएको आयाेजकले बताएका छन् । डिजे निधान, डिजे निहान र डिजे अस्मीकाे प्रस्तुति रहनेछ ।

Comments
Related News