नायिका स्यारोन श्रेष्ठलाई किन चित्त बुझेन निर्माता सुनिल रावल ?

हाम्रोकला/काठमाण्डौं

फिल्म शायद २ बाट नेपाली रजतपटमा डेब्यू गरेकी नायिका स्यारोन श्रेष्ठले निर्माता सुनिल रावल माथि विभिन्न आरोप लगाएकी छिन् । आज चलचित्र संघको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा स्यारोनले यस्तो आरोप लागाएकी हुन् ।

‘मेरो गर्ल फ्रेन्ड बन् इयर होस्टेस बनाइदिन्छु समेत भन्नु भयो’, स्यारोनले भनेकी छिन्, ‘पछि सरी भन्दै जोक गरेको भन्नु भयो ।’ फिल्म नचलेपछि आफुलाई एक करोडमा मस्ती गरेको भनेर आरोप लगाउनु गलत भएको  र निर्माता रावलले आफुसँग माफी माग्नु गर्ने अडान लिएकी छिन् ।

निर्माता रावलले सायद २ नचल्नुमा नयाँ कलाकार  मुख्य दोषी रहेको आक्रोश पोख्दै आगामी फिल्ममा नयाँ कलाकारलाई आफुले नलिने बताएका थिए ।

गत शुक्रबारवाट प्रदर्शनमा आएको चलचित्र शायद २ खासै ब्यापार गर्न भने सकेको छैन् ।

हेर्नुहोस् भिडियो ।

 

Comments
Related News