त्रिमुर्ति जंग ट्रिओ !

सिनेपत्र/काठमाण्डौ

गाएक शिवराज जंगको जन्म तनहँु जिल्ला, बेलचतुरामा भएको हो । मामा काशिराम ढकालको प्रोत्सानले साहित्य क्षेत्रमा आर्कषित भएका शिवराम । कक्षा ३ पढ्दा देखिनै विद्यालयमा आयोजना हुने विभिन्न किसिमको साहित्यीक कार्यक्रममा सहभागि हुने गर्थे । विद्यालय पढ्दा पढ्दै विभिन्न गितहरु लेख्ने गरेका शिवरामको संगितिक यात्रा भने बि.सं. २०६२ साल बाट शुरु भएको हो । सोहि क्रममा शिवराम जंगको ‘आज जिन्दगी’ बोलको पहिलो गीत सार्बजनिक भएको थियो । यिनै प्रतिभावान गाएक शिवराज जंगसँग गरिएको कुराकानी ।

तपाईको पहिलो गीत ‘आज जिन्दगीलाई’ कसरी सम्झिनु हुन्छ ?
जिन्दगी कै सुन्दर क्षणको रुपमा म यो गितलाई लिन्छु । यो गीत २०६८ सालमा रिर्कडिङ्ग भएको गित थियो । मैले यो गीत बिशेषत मेरो दिदी (ठुलो बुवाको छोरीको) लागि लेखेको गित थियो । उहाँ पनि गितसँगित क्षेत्रमै हुनुथ्यो । यो गित मायासँग सम्बन्धित छ । यो गीत रिर्कडिङ्ग सम्बन्धि जानकारी मलाई थिएन् । डोरेमी रिर्कडिङ्ग स्टूडियोमा रिर्कडिङ्ग भएको यो गीतलाई गोपाल रसाइली दाइले संगीत संयोजन गर्नु भएको थियो । नयाँ भए पनि मलाई उहाँ लगाएत टिमले मलाई निकै सहयोग गर्नु भएको थियो । जस्ले गर्दा नयाँ भएर पनि मलाई संगित गाएक भएको अनुभव भएन् । यहि गीतले मलाई दर्शक तथा स्रोता माझ चिनाउने मदत पु¥यायो ।

संगित क्षेत्रलाई किन रोज्नु भयो ? संगितमा पनि सेमि क्यासिकल पप र लोक रक विद्यालाई रोज्नुको कारण ?
संगितक्षेत्रमा म पहिले रहरले लागेको थिए । तर अहिले रहर सँगसँगै कर पनि छ । रहर खास अझ पनि मेटिएको छैन् । भावनसँग सम्बन्धित काम हो, संगितको काम भनेको । जुन काम मलाई एक दम मन पर्छ । त्यहि भएर मैले अरु केहि गर्दिन यहि काम गर्छु भन्ने अठोट थियो । सेमि क्यासिकल पप र लोक पपमा मलाई आफ्नो भावनाको कुरा अभिव्यक्त गर्न सजिलो हुने भएकोले मैले यो विद्यामा गीत गाएको हो । पछि मलाई अरु विद्यामा पनि गित गाउने रहर छ र गाउँछु पनि ।

गीत संगितमा लागेर जिविकोपार्जन गर्न कत्तिको सहज छ ?
गीत संगितमा लागेर जिविकोपार्जन गर्न त सकिन्छ तर प्रतिस्पर्धा यति खुल्ला भइसक्यो कि दर्शक तथा श्रोताहरु अर्झ अन्योलमा छन् । कुन गीत राम्रो र कुन गित कमजोर भनेर छुट्याउन गाह्रो भएको छ । त्यसमा पनि अहिले युटुब, फेसबुक तथा अन्य सामाजिक सञ्जालको कारणले अहिले हेर्ने अझ भन्नु पर्दा गीत जस्तोसुकै भए पनि भिडियो राम्रो बनाउनु पर्ने चुनौति बनेको छ । यो कुरालाई चिर्दै रोयल्टि र कपि राइटको कुरालाई व्यवस्थित गर्दै जाने हो भने मात्र पनि संगितमा लागेर बाँच्न धेरै सहज बन्छ जस्तो लाग्छ ।

तपाईको व्याडको बारेमा केहि भन्दिनु हुन्छ कि ?
म संगितमा लाग्नु भन्दा अघि धेरै ठाउँमा भौतारिन पुग्यो । शिक्षण पेशा अँगाले, नागरिक उड्यानमा , रिर्कडिङ्ग स्टुडियो जस्ता धेरै ठाउँमा काम गर्न पुग्य । तर कुनै कामले मलाई सन्तुष्टि बनाउन सकेन् । त्यहि भएर कमाइ र इच्छा पुरा गर्नको लागि स्थापना भएको हो । अझ भन्नु पर्दा यो व्याडको हाम्रो लागि सांगितिक चौतारि हो । हाम्रो व्याडको नाम जंग ट्रिओ हो । जहाँ म सहित हामी तीन जना छौ । सन्दिप भाई गितार, सुमन श्रेष्ठ ड्रम हेर्ने गर्छन् र म भोकल र गितार हेर्छु । यो व्याड हाम्रो लागि सानो तिनो उद्यम हो भन्दा फरक नपर्ला ।

संगितलाई तपाई आफ्नो भाषामा परिभाषि गर्नु परे कसरी गर्नु हुन्छ ?
निकै गाह्रो प्रश्न गर्नु भो  तपाईले । संगितलाई मैले परिभाषि गर्नु पर्दा संगित भनेको ध्वनीको कला हो । जस्ले हामी विभिन्न शब्दको अक्षरको वाक्यको प्रयोग गरेर साहित्यीक कविता लेख्छौ । त्यसरीनै ध्वनीको कलात्मक प्रयोगनै संगित हो । संगित प्रत्यक्षरुपमा हाम्रो भावनासँग जोडिन्छ । विहेमा पनि बज्छ, मलामि जादाँ बज्छ, डिस्कोमा बज्छ तथा भजनमा पनि प्रयोग बज्छ । हाम्रो दुख, सुख तथा हर्ष जस्ता हाम्रो भावना व्यक्त गर्ने कला हो सँगित ।

अन्ततमा, आफ्ना श्रोता, दर्शक तथा पाठकहरुलाई के भन्न चाहानु हुन्छ ?
अन्ततमा , तपाईलाई धेरै धेरै धन्यवाद तथा अभार । मेरो केहि कुराहरु मेरा दर्शक तथा श्रोतासम्म पु¥याइ दिनु भएकोमा । मैले गर्नु पर्ने धेरै बाँकी छ । अझ स्तरीय गित निकाल्दै जानेछु । मलाई हिट हुन हतार छैन । मेरो यात्रा धेरै लामो यात्रा हो । मेरो गन्तव्य कहाँ सम्म हो, मलाई थाहा छैन् । तर म यो यात्राको एकदमै मज्जा लिईरहेको छु । हामीलाई माया गर्दिनोस् । भन्नु भन्दा पनि म के भन्छु भने हामीलाई आर्शिवाद दिनोस् । ताकी बलिउड तथा हलिउड बराबरको स्तरीय संगित तपाई सामु ल्याउन सकियोस् । तपाई मेरो नयाँ नयाँ गित सुन्नको लागि युटुबमा शिवराज जंग खोज्न सक्नु हुनेछ । धन्यवाद ।

Comments
Related News