नेपथ्य ब्यान्ड हङकङमा

हाम्रो कला/हङकङ
नेपथ्य ब्यान्ड स्टेज सोका लागी हङकङ पुगेको छ । आइतवार ‘यनलुङ’ थिएटरमा आयोजित कन्सर्टमा ब्यान्डले आफ्नो प्रस्तुति देखाएको हो । ‘कुरुप अनुहार हो…’ भन्दै कार्यक्रममा गायन शुरु भएको थियो ।

दुई घन्टा सम्म चलेको कन्सर्टमा नेपथ्यले ‘तिमी पनि नेपाली म पनि नेपाली…’ बोलको गीत गाँउदै कार्यक्रमको समापन गरेको थियो ।
कार्यक्रम हेर्न बुढापाका देखि केटाकेटी सम्म सबै उमेर समुहका ब्यक्तिहरु पुगेका थिए । उक्त कार्यक्रममा नेपथ्यका मूख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुवलामा, किबोर्डमा सुरजथापा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीको साथ रहेको थियो ।  कार्यक्रमको आयोजना भने हङकङको तमु ट्हो ह्युलले ‘आठौं रोधी साँझ’ नाम दिएर गरेको थियो ।

नेपथ्यले भने आगामी प्रस्तुति यहि चैत्र २६ गते आफ्नैं गृह जिल्लामा दिने छ ।

Comments
Related News