विन्धवासिनी फाउण्डेशनको सहयोगार्थ हुदैं ‘ढकाल सुमधुर साँझ’
हाम्रो कला/काठमाण्डौं
लोक प्रिय गायक रामकृष्ण ढकालको एकल गायन प्रस्तुतिको कार्यक्रम ‘ढकाल सुमधुर साँझ–२०७३’ चैत्र १८ गते हुने भएको छ । विन्धवासिनी म्यूजिकले कार्यक्रम आयोजना गर्न लागेको हो । सामाजिक कामका लागी आयोजना गर्न लागिएको उक्त कार्यक्रम प्रज्ञा प्रतिष्ठानको सभा हलमा हुदैंछ ।
लाईभ ब्याण्डको साथ गायक ढकालले आफ्नो करीब दुई दर्जन बढी गीत प्रस्तुत गर्ने बताईएको छ । साथमा देविका वन्दना, प्रविशा अधिकारी लगायतका गायिकाको प्रस्तुति रहनेछ ।
उक्त कार्यक्रमबाट संकलित सम्पूर्ण रकम विन्धवासिनी फाउण्डेशनको सहयोगार्थ हुने बताईएको छ । यस अघि पनि विन्धवासिनी म्यूजिकले गायक ढकालको एकल साँझ आयोजना गरिसकेको छ ।
Comments
Related News
Latest Updates
Trending
Videos
