‘कर्कलो कोक्याउला’ चेलिबेटी बेचबिखनको कथामा

सिनेपत्र/काठमाण्डाैं
अभिनेता हरिवंश आचार्यको स्वर,शब्द र संगीतमा ‘कर्कलो कोक्याउला’ गीत सार्वजनिक भएको छ । गीतको भिडियो बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । गीतमा चेलिबेटी बेचबिखनको कथा उठाउदैं सजग गराउने काम गरेको छ । चेलिबेटीलाई दलालले कसरी झुक्याउँछन् र विदेशमा लगेर बेच्न खोज्छन् भन्ने भावमा यो गीत बनेको छ । गीतमा हरिवंशलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । किरण तुलाधरको एरेञ्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ छ ।
गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का र महेश त्रिपाठीको अभिनय रहेको छ । भिडियोमा नविन लम्साल र घनश्याम पाण्डेले पनि साथ दिएका छन् । गीति नाटक शैलीमा तयार पारिएको गीतको भिडियोलाई सुशील सापकोटाले खिचेका हुन् ।
हेर्नुहाेस् भिडियो ।


