“बाध्ने पेटिको ” सार्वजनिक

सिनेपत्र/काठमाण्डाै
लामो समय देखि संगीत क्षेत्रमा आवद्ध गोपाल तिमल्सिनाको काठे गित “बाध्ने पेटिको ” सार्वजनिक भएको छ ।
काभ्रे बेथानचोक गाउपालिकाका गोपाल तिमल्सिनाले काठे भाकामा आधारित माया प्रेमको गाठो बाध्ने गित “बाध्ने पेटिको” बोलको गित सार्वजनिक गरेको छन् ।
गोपाल तिमल्सिना र मन्जु गौतमको स्वरमा सजिएको उक्त गितमा संगित विष्णु तामाङको रहेको छ । जि.टि डिजिटल म्युजिक प्रालीमा रेकडिङ भएको “बाध्ने पेटि” गीतमा प्रवेश पोखरेलको छायांकन तथा दुर्लभ श्रेष्ठले सम्पादन गरेको छन् ।
चर्चित हाँस्यकलाकार राजेन्द्र गिरि “गुन्द्रुके” ,भगवान खत्री(तीन तापके),मन्जु गौतम ,गोपाल तिमल्सिना ,पदम राई ,शिव तिमल्सिना ,मनोज कुवर र विबेक सेवा लगायतको अभिनय देख्न सकिने गितलाई गोपाल तिमल्सिनाको आफ्नै अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।


