साम्राज्ञीले खेलेको पहिलो भिडियो

सिनेपत्र/काठमाण्डाै‌
युवा पुस्तामांझ लोकप्रिय अभिनेत्री साम्राज्ञी आर एल शाह पहिलोपटक म्यूजिक भिडियोमा देखिएकी छिन । उनि नेहा आर एल शाहको आबाज रहेको ‘ तिमी र म’ बोलको गितमा मोडलको रूपमा देखिएकी हुन ।
साम्राज्ञीलाई यो गितमा पुरूष मोडलको रूपमा देबांस राणाले साथ दिएका छन । गायिका नेहा आर एल शाह अभिनेत्री साम्राज्ञी आर एल शाहकी आमा हुन । साम्राज्ञीले आमाले गाएको गीत भएर नभै गितको मर्म बुझेर र गीत राम्रो लागेर आफूले अभिनय गरेको कुरा बताएकी छिन।
रमेश एम के पौडेलको प्रस्तुतिमा निर्माण भएको यो भिडियोको निर्देशन बिशेसदेब पाण्डेले गरेका हुन । बिराज गौतमले लेखेको यो गीतमा संगीत पनि गौतमकै रहेको छ । गायन क्षेत्रमा नेहा पहिले सक्रिय नभएता पनि अब भने सक्रिय रूपमा लाग्ने भएकी छिन । यस अघि उनले गाएको ‘ मेरो मनको सपना र फूली फूल्यो बोलको गितले राम्रै प्रशंसा हात पारेको थियो । नेहाको आबाजमा रेकर्ड भएको र रिलिज हुन बाँकी आधा दर्जन गीतहरू क्रमश सार्बजनीक गरिंदै जाने जानकारी नेहाले दिइन । भारतीय संगीत गुरूसंग चार बर्ष शास्त्रीय संगीतको प्रशिक्षण लिएकी गायिका नेहा आफू जिबन र जगतसंगै माया र साथ अनि जिबन संघर्षका गीत गाउंन बढी मन पराउने कुरा बताउंछिन ।

Comments
Related News