हेर्दै नहेरी बोलको गीत सार्बजनिक

सिनेपत्र/काठमाण्डौँ

नेपाली कला जगतमा नयाँ नयाँ म्युजिक भिडियो बन्ने क्रममा गीतकार तथा साहित्यकार आस्था अविचलको हेर्दै नहेरी बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गायिका प्रेक्षा लम्सालको स्वार रहेको यस गीतमा संगित बिक्रम थापाको रहेको छ । यो गीतको भिडियो पर्यटकिय क्षेत्र पनौतिको रमणिय स्थानमा छायांकन गरिएको छ । दर्जनौ म्युजिक भिडियो निर्देशन तथा खिचेका संजिब पौडेलको छायांकन तथा सम्पादन रहेको यस भिडियोलाई द क्रियटिभ समुहले निर्देशन गरे हो ।

गीतमा नवीन घिमिरे, शिव न्यौपाने, सबिना ढकाल तथा प्रशंसा घिमिरेको अभिनय रहेको छ । माया गरेको व्यक्तिसंग अचानक टाढा हुनु पर्दाको अवस्थालाई यस भिडियोले देखाएको छ ।

Comments
Related News