सुविधा सम्पन्न मिरा साउन्ड रेकर्डिङ स्टुडियो आजबाट संचालनमा

 

सिनेपत्र/काठमाण्डौं

आजबाट संचालनमा आएको काठमाडौं पुतलिसडकमा अवस्थित  सुविधा सम्पन्न मिरा साउन्ड रेकर्डिङ स्टुडियोको  लाेकप्रिय गायिका अन्जु पन्तले  औपचारिक उद्घाटन गरेकी छन् ।

कार्यक्रममा बाेल्दै गायिका अन्जु पन्तले संगीतकार विकास चौधरीको व्यवस्थापनमा आएको मीरा साउन्डमा पक्कै पनि गुणस्तरीय रेकर्डिङ हुने बताइन् । मीरा साउन्डलाई सफलताको शुभकामना दिँदै गायिका पन्तले संचालनमा ल्याउने संचालकहरुलाई बधाई समेत  दिइन् । गीतसंगीत एवं चलचित्र क्षेत्रमा धेरै स्टुडियोहरु भए पनि मीरा साउन्डले फरकपन दिने विश्वास लिएको उनले बताइन् ।

कार्यक्रममा निर्देशक, लेखक तथा गीतकार लय संग्रौलाले  स्टुडियो संचालनमा आउनु राम्रो काम भएको र आगामी दिनमा आफूहरुले गर्ने चलचित्र एवं गीतसंगीतका सम्पूर्ण कार्यमा मीरा साउन्डको महत्वपूर्ण भूमिका रहने बताउँदै सहकार्य गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरेका थिए ।

लेखक निर्देशक ओम प्रतीक, निर्देशक उदय सुब्बा, नृत्य निर्देशक दिनेश पाख्रीन, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी लगायत पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रममा सबैले संचालकहरुलाई बधाई दिदै‌ सफलताको शुभकामना दिएका थिए ।

मीरा साउन्डमा गीतकार हरि उप्रेती, गायक लोक पौडेलकाे लगानी रहेकाे छ भने संगीतकार विकास चौधरीको व्यवस्थापन रहनेछ । मिरा साउन्डमा गीतसंगीत रेकर्डिङ, फिल्म डविङ एवं अत्याधुनिक प्रविधियुक्त क्यामेरा, ड्रोन क्यामेरा लगायतका फिल्म तथा म्यूजिक भिडियोको सुटिङका लागि आवश्यक पर्ने सामग्रीहरुसमेत भाडामा उपलब्ध गराइने व्यवस्थापक विकास चौधरीले जानकारी दिएका छन् ।

स्टुडियो उद्घाटन कार्यक्रममा अन्जु पन्त फाउन्डेशनलाई २५ हजार ५ सय ५५ रुपैयाँ स्टुडियो तर्फबाट  प्रदान गरिएको थियो ।

हेर्नुहाेस् भिडियाे रिपाेर्ट ।

Comments
Related News