‘चपली हाइट ३’को पहिलो गीत ‘चारानाको मसला’ सार्वजनिक

सिनेपत्र/काठमाण्डौं

अर्जुन कुमार फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘चपली हाइट ३’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चारानाको मसला’ बोलको गीत काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । राज खम्बु र अस्मिता अधिकारीको स्वर रहेको यो गीतमा डीपी खनालको शब्द तथा सुवाष भुषालको संगीत छ ।

यो गीतको छायांकन डान्स क्लबमा गरिएको छ । प्रदिप लामा र दि नेक्स्ट टिमले कोरियोग्राफी गरेको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठीलाई फिचरिङ गरिएको छ ।

हेर्नुहाेस् भिडियाे ।

Comments
Related News