मेचु धिमालको नयाँ गीत सार्वजनिक

सिनेपत्र/काठमाण्डौं
मोडल मनोज ओली र ऋचा थापाको अभिनयमा नयाँ गीत सार्वजनिक भएको छ । गीतकार सुन्दर पन्तको शब्द र कर्साङ लामाको संगीतमा रहेको तिम्रो मुटु गीत भ्वाईस अफ नेपाल सिजन २ वाट चर्चामा आएकी गायिका मेचु धिमाल र गायक नारायण थापाको युगल आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।
प्रेमको कलात्मक अभिब्यक्ती रहेको यस गीतको भिडियोमा मनोज र ऋचालाई प्रेमिल जोडीका रुपमा प्रस्तुत गरिएको छ । राज महर्जनको कोरियोग्राफी रहेका भिडियोलाई प्रेम लामाले छायांकन र निर्देशन गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।
हेर्नुहाेस् भिडियाे ।
Comments
Related News
Latest Updates
Trending
Videos


