पुस्कल शर्माको नयाँ गीत ‘सतीप्रथा’ले चर्चा बटुल्दै

सिनेपत्र/काठमाण्डौं
लोकप्रिर्य गायक पुश्कल शर्माको नयाँ गीत ‘सतीप्रथा’ले चर्चा बटुल्दै गएको छ । युट्युवमा अपलोड गरेको छोटो समयमै युट्युवको ३४ नम्बर ट्रेण्डिङमा पर्न सफल भएको छ । गीतमा उनलाई बिष्णु माझीले साथ दिएकी छन् । एकदमै मार्मीक अनि मनछुने “सति प्रथा” बोलको गीत शुक्रवार सार्वजनिक भएको हो ।
गीत सार्वजनिक भएसँगै दर्शकले निकै रुचाएको र मनपारएका छन् । यति धेरै माया गरिदिएकोमा उनले दर्शकलाई भगवान भनि धन्यबाद समेत दिएका छन् । उसोत पुश्कल शर्माका हरेक गीत एकदमै मार्मीक र मनछुने गर्दछन् । यसमा पनि त्यस्तै शब्द अभिनय रहेको छ । गीत हेर्दा र सुन्दा पक्कै पनि मान्छे भवुक नै हुन्छ ।
गीतको लय अनी शब्द सृृजना गायक शर्मा आफैले गरेका हुन। आफैले निर्देशन गरेको गीतको भिडियोमा मोडल सारिका के.सी र पुश्कल शर्माको निकै उत्कृष्ट अभिनय रहेको छ । निकै कारुणिक कथाबस्तु समेटिएको उक्त गीतको भिडियो पनी निकै मार्मिक कथा बस्तु समेटेर तयार पारिएको छ । छायांकन शुरेस श्रेष्ठ र सम्पादन दिपक बिष्टले गरेका हुन्।
हेर्नुहाेस् भिडियाे ।


