बिना लगामकी घोडि म (भिडियो सहित)

  • गाउन खासै इच्छा थिएन् । बिना लगामकी घोडि मैले लेखे त्यो गाउन एक जना गायकलाई अनुरोध गरे । धेरै पटक सम्म पनि उहाँले मेरो गीतका निम्ती समय छुट्याउन सक्नु भएन् । त्यसैले मैले गाउने निर्णय गरे ।
  • सिनेपत्र/काठमाण्डौ

    स्नीलु शाह नेपालकी पहिलो महिला ¥यापर हुन् । बिना लगामकी घोडि बोलको गीतबाट ¥यापरको रुपमा आफु चिनाउन सफल स्नीलु एक इभेन्ट म्यानेजमेन्ट कम्पनीको कार्यकारी निर्देशक समेत हुन् । “शुरुका दिनमा गीतसंगीतको क्षेत्रमा गायिका भन्दा पनि रचनाकारको रुपमा आएको थिए । मलाई गाउन भन्दा पनि लेख्न खुब मन पथ्र्यो । गाउन खासै इच्छा थिएन् । बिना लगामकी घोडि मैले लेखे त्यो गाउन एक जना गायकलाई अनुरोध गरे । धेरै पटक सम्म पनि उहाँले मेरो गीतका निम्ती समय छुट्याउन सक्नु भएन् । त्यसैले मैले गाउने निर्णय गरे ।” स्नीलु भन्छिन् । फुर्सदको समय मुड फ्रेस गर्नका निम्ती गीतसंगीत गर्ने बताउने स्नीलु धेरै समय आफ्नो इभेन्ट म्यानेजमेन्ट कम्पनीमा बित्ने बताउँछिन् ।
    स्नीलु संगीतलाई प्रयोगशालाकोरुपमा मान्न छिन् । उनले ¥याप, रोमान्टिक तथा सेन्टिमेन्टल जस्ता विभिन्न फरक फरक किसिमको गीत गाएकी छिन् । आगामी दिनमा पनि बेग्लै बेग्लै मेलोडिको गीत दर्शक तथा श्रोता माझ ल्याउने उनको भनाइ छ ।

    Comments
    Related News