ओएसआर डिजिटलका सञ्चालक अग्रवाल पक्राउ, अन्य २ को खोजी

सिनेपत्र/काठमाण्डौं
ओएसआर डिजिटल प्रालिका सञ्चालक ओमप्रकाश अग्रवाल शुक्रबार दरबारमार्गबाट पक्राउ परेका छन् । उनलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनि माथी अनुमतिविना ‘प्रसाद २’ चलचित्र प्रसारण गरी एक करोड ५० लाख आर्थिक नोक्सानी पुर्याएको भन्दै निर्माता सुदर्शन बस्नेतले ठगी, आपराधिक विश्वासघात तथा आरापराधिक लाभ लिएको भन्दै गत भदौ १५ गते जाहेरी दिएका थिए ।
चलचित्रका निर्माता बस्नेतले दिएको जाहेरीका आधारमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोही कसुरमा सुदर्शन थापा र मिलन श्रेष्ठविरुद्ध समेत जाहेरी परेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Comments
Related News
Latest Updates
Trending
Videos


