नबौं एल.आर.आई. बास्केटबल तथा फुटसल फेस्ट २०२३ सम्पन्न

सिनेपत्र/काठमाण्डाैं
नबौं एल.आर.आई. बास्केटबल तथा फुटसल फेस्ट सम्पन्न भएको छ । एल.आर.आई.स्कुलको खेलमैदानमा आज आयोजना भएको बास्केटबल फाईनल खेलमा टाइम्सले सि.सि.आर.सि.लाई पराजित गर्दै टाइम्स कलेजले उपाधि हात पारेको छ।
त्यस्तै फुटसलको फाइनल खेलमा ह्वाइट हाउस कलेज विजयी भएको छ । ह्वाइट हाउस कलेजले, के.सि.सि.एस. पराजित गर्दै विजयी भएको हो । बास्केटबलको उत्कृष्ट खेलाडी अवार्ड टाइम्सका पारस के.सि. तथा फुटसल तर्फको उत्कृष्ट खेलाडी अवार्ड ह्वाइट हाउसका समिर वनले प्राप्त गरेका थिए ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाइ क्रमशः नगद रु २४००० तथा १२००० र मेडल, ट्रफी सहित प्राप्त गरेका छन् ।सो प्रतियोगितमा २० वटा कलेजको सहभागिता रहेको थियो ।
एल.आर.आई. स्कुलले विगत लामो समय देखी विद्यार्थीहरुमा लुकेको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिता आयोजना गर्दै आएकोमा कोभिडका कारण निरन्तरता दिन नसकिएको बताउदै समयानुकुल प्रतियोगितालाई निरन्तरता दिने स्कुलका प्रमुख प्रशासकिय अधिकृत दीपक जोशीले बताउनु भएको छ ।


