अन्तर विद्यालय व्यक्तित्व तथा नेतृत्व बिकास कार्यशाला समापन !

सिनेपत्र/चितवन,

भरतपुर महानगरपालिका वडा नम्बर १४, पकडि चितवनमा अवस्थिति सरल नेपाल तथा सेन्ट्रल कलेजको संयुक्त आयोजनामा आयोजित व्यक्तित्व तथा नेतृत्व बिकास नामक कार्यशालको समापन भएको छ । भरतपुर महानगरपालिका २१, पार्वतिपुरमा अवस्थिति अन्नपूर्णा मा.वि. मा उक्त कार्यशालाको समापन गरिएको हो ।

विगत एक दशक देखि व्यक्तित्व तथा नेतृत्व बिकास सम्बन्धि प्रशिक्षण गराउँदै आएका संजिब पौडेलले उपस्थितिमा संचालित उक्त कार्यशालामा अन्नपूर्णा मा.वि.मा अध्यनरत विद्यार्थीलाई व्यक्तित्व तथा नेतृत्व बिकास सम्बन्धि तालिम दिएको थियो ।

समापन कार्यक्रममा बोल्नु हुँदै प्रशिक्षक पौडेलले सिकेको कुरालाई व्यवहारीक जिवनमा लागु गरि उच्चतम लाभ लिन विद्यार्र्थीलाई आग्रह गर्नु भयो ।


समापन कार्यक्रममा बोल्नु हुँदै, सरल नेपालका अध्यक्ष, मनिष पौडेलले विद्यार्थीलाई फाइदा पुर्याउने उद्धेश्यनै अन्तर विद्यालय व्यक्तित्व तथा नेतृत्व बिकास कार्यशाला पश्चिम चितवनको विद्यालयमा संचालन गरेको बताउँनु भएको ।


अन्नपूर्णा मा.वि. प्रधानध्यापक बटुकलाल तमाङले सिकेका कुरालाई क्रमश व्यवहारमा उत्तार्न सबै विद्यार्थीलाई अनुरोध गर्नु भयो ।
१४ दिन सम्म १४ विद्यालयमा संचालन गरिएको उक्त कार्यक्रमबाट करिब दुई हजार विद्यार्थी कार्यक्रममा सहभागी भई लाभांवित भएका छन् ।

Comments
Related News