चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र वितरण गरिएकोमा उधमी पाण्डेको आपत्ति

सिनेपत्र/काठमाण्डाैं
बिहीबार चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थप ६३ जना कलाकारलाई विशिष्टता सरकारी परिचयपत्र प्रदान गरेका छन् । परिचयपत्र प्रदान गरेसँगै यो परिचयपत्र प्राप्त गर्ने कलाकारको संख्या १०३ पुगेको छ ।

परिचयपत्र वितरण भएकोमा उधमी तथा ब्यवसायि रुद्र राज पाण्डेले विरोध गरेका छन् । उनले समाजिक संजालमा एक पाेस्ट लेखेका छन्-“खाड़ीमा काम गर्न जाने मजदूरलाई पालै पालो भिआईपी कक्षमा जान दिन्थे मेरो हातमा चावी भाको भए ।” उनि अगाडी लेख्छन्- “तर मेरो कस्ले सुन्छ ? देशका हज़ारौं जब सिर्जना गर्ने उद्यमी भन्दा यी ५० कलाकार ठुला ? यो देश अब ग़लत दिशामा जाँदै छ है।” उनले कलाकारहरुलाई बुद्दि भएको भए यो सम्मान लिन अस्विकार गर्न आग्रह गरेका छन् ।
यसअघि २०७३ सालमा सरकारले ४० जना कलाकारहरुलाई यो परिचयपत्र प्रदान गरेको थियो ।



