भिल्लामा लगानी गर्दै ‘त्रिशूली रिभरसाइड’

सिनेपत्र/धादिङ्ग

धादिङ्ग त्रिशूली नदी किनारमा रहेको ‘त्रिशूली रिभरसाइड रिसोर्ट’ ले नदीपारि भिल्ला रिसोर्ट बनाउँदैछ। दुई वर्षअघि सुरू भएको भिल्लाको निर्माण आगामी छ महिनाभित्र पूरा हुनेछ।

करिब पाँच रोपनी क्षेत्रफल ओगट्ने भिल्लामा २५ वटा घर हुनेछन्। ती घरमा एक पटकमा २५ परिवार अटाउँछन् । भिल्लामा रेस्टुराँ, बार, बगैंचा, स्विमिङ पुल इत्यादि रहने छन्। स्पा, साउना, थेरापी, बडी मसाजको सुविधा पनि हुनेछ। शान्त पारिवारिक वातावरण हुने भिल्ला झट्ट हेर्दा परम्परागत गाउँजस्तो देखिनेछ। परम्परागत घरको  छानो जस्तै हुने भिल्लामा घरको भित्ता बाहिरपट्टि रातोमाटो र कमेरोले पोतिएका हुने छन्।

भिल्लामा उपभोग हुने खानेकुरा पनि स्थानीय उत्पादनको हुने तथा सबै तरकारी भिल्ला नजिकैको कृषि फार्ममा फल्नेछ र अर्गानिक हुनेछ। भिल्लानजिकै करिब दुई सय रोपनी जमिनमा कृषि फार्म छ। भिल्लामा त्यहीँको तरकारी प्रयोग गर्ने योजना छ। हाल भिल्लासम्म गाडी पुग्दैन। त्रिशूली रिभरसाइड रिसोर्टमा गाडी पार्क गरेर झोलुंगे पुल तर्दै हिँडेर जाँदा १० मिनेटमा पुगिन्छ।

जिपलाइनबाट पनि त्यहाँ जान सकिन्छ। स्काई साइक्लिङबाट जाने सुविधा पनि छ। उद्धवका अनुसार मलेखुनेर बन्दै गरेको पुल तयार भएपछि चाहिँ गाडी भिल्लामै पुग्नेछ।

भिल्लाको लगानी साढे दुई करोड रूपैयाँ छ। यसका संचालक स्थानिय युवा पर्यटन उधमी उद्धव कँडेल रहेका छन् ।

Comments
Related News