उपन्यास ‘तँ’ (दोस्रो यात्रा)

सिनेपत्र/काठमाण्डौं

लामो समय देखि लेखक दामोदर ढकाल ‘दिपक’ साहित्य क्षेत्रमा सक्रियरुपमा लागि रहनु भएको छ । उहाँको दर्जनौ एकल कविता संग्रह, कथा संग्रह,बाल कथा,उपन्यास प्रकाशन भई सकेका छन् । कति प्रकाशनको तयारिमा छ । लेखक दामोदर ढकाल ‘दिपक’ गौरि पब्लिकेशनका संस्थापक पनि हुनुन्छ । हामीले   उहाँद्धारा रचित चर्चित उपन्यासको पहिलो अंश पढि सकेका छौँ । आज हामी त्यसैको निन्तरता स्वरुप दोस्रो अंश प्रस्तुत गर्दैछौ ।

बिहान आफ्नै अफिसमा केही डकुमेन्ट टाइपिङ्ग गर्दै थिएँ । मोबाइलमा रिङ्ग बज्यो । नम्बर हेरेँ दमन्ताको रहेछ । उनी कुनै बेलाकी चर्चित लेखिका ‘रातो फूल’ उपन्यास निकालिसकेपछि उनको र मेरो हल्का खटपट थियो । त्यो पनि मेरो श्रीमतीका कारण । रातो फूल उपन्यासकी नायिका तैँ होस् तँ ज्यानमारा होस् । मेरो बुढासँग सङ्गत नगर भनेर थर्काइछे । त्यसपछि उनी मसँग बिहे गरौँ भनेर प्रस्ताव लिएर आइन् । मैले मान्ने कुरै भएन् । त्यहाँदेखि कहिलेकाहीँ भेटघाटमा यसो बोलचाल हुन्थ्यो नत्र उनी मेरो अफिसमा आएकी थिइनन् । आज बिहान अकस्मात् फोन आउँदा म छक्क परेँ । फोन रिसिभ गरेँ । ‘हेल्लो’ ‘हजुर सर नमस्कार’
‘नमस्कार’
‘आराम हुनुहुन्छ ?’
‘आरामै छु तपाईंलाई नि ?’
‘मलाई पनि आरामै छ ।’
‘तपाईंलाई भेट्ने काम थियो कति बेला भेट्न सकिन्छ ?’
‘अफिस सरेको छ बालाजुबाट गंगबुँमा आउनु । बिहान मात्र हुन्छु म अफिसमा
दिउँसो हुन्न नि ।’
‘१० बजेसम्म त बस्नुहुन्छ नि ?’
‘बस्छु ।’
‘ल म हिँडिहालेँ …।’
फोन काटियो ।फोन राखेसँगै म कम्प्युटरको किबोर्डमा आफ्ना औँलाहरू नचाउन थालेँ । भगवानले मलाई अरूकै सेवा गर्न पठाएका हुन् । अरूकै कथाकहानीलाई औँलाले सुन्दर अक्षरमा रूपान्तरण गरिरहेको छु म । यतिसम्म कि कुनै कथा र उपन्यासको टाइप गर्न थालेपछि भोकप्यास सबै बिर्सन्छु मैले । मेरो मनले सिर्फ त्यो कागजको पानालाई सुन्दर पुस्तक देख्छ । तर यति गर्दा पनि म कहिल्यै तपाईं भइनँ सिर्फ कसैको तँ, कसैको भाइ, कसैको बाबु यी सबै मलाई काम लगाउन फु¥याक्याउने बहानाबाजी मात्र भए । मेरा यी औँलाले धेरैलाई सफल बनाए तर म जहिले पनि असफल मात्र बनिरहेँ । मनमा एक प्रकारले कुरा र तर्कहरू आँधीबेहरी सिर्जना ग¥यो । आफ्नै धुनमा टाइपिङ गर्दै रह्ये । केही बेरमा दमन्ता आइपुगिन् । ‘ओहो महाशय बिहानदेखि नै काममा मस्त हो ?दमन्ता मेरो अफिसमा छिर्दै बोलिन् । ‘हो नि, यो अफिसमा अरू त लिन नगई आइपुग्दैनथे । हजुर त सरासर आइपुग्नुभयो नि !’ मैले बोले । ‘लोकेसन पाएपछि अमेरिकामा अफिस खोले नि पत्ता लगाइन्छ ।’ उनले उत्साहित हुँदै बोलिन् । ‘अरे वा क्या डाइलग, बसौँ ।’ मैले बस्ने इसारा गर्दै बोलेँ । ‘अनि त्यो बालाजुको उडुसको घरबाट अफिस त सारिएछ नि ?’ उनले सोधिन् । ‘अफिस त सारियो गोदाम बाँकी छ ।’ मैले जवाफ दिएँ । ‘मेरो भेट भएको थियो बिहान, उडुससँग, फोन नम्बर मागेको थियो दिएर
आकी ।’ उनले बताइन् । ‘अब तिमीलाई वाक्क पार्छ त्यो स्त्रीलम्पटले फोन गरेर ।’ मैले बताएँ । ‘हो र खुब टाइमपास हुने भयो मेरो ।’ उनले चञ्चलता देखाउँदै बोलिन् । ‘यो अफिसको उतापट्टिकी दिदीलाई हैरान कटाएछ फोन गरेर बुढाले ।’ मैले सहजकता अपनाउन् भन्ने हेतुले बोले । ‘के भन्छ रे फोन गरेर ?’ उनले प्रश्न गरिन् । ‘ढकाल यस्तो, उस्तो, त्यस्तो यिनै कुरा गर्छ रे नचिनुन्जेल चिनेपछि
नजानिँदो पारामा जिस्क्याउन थाल्छ रे ।’ मैले बताइदिएँ । ‘जे होस् पातकी उडुससँग कुरा चाहिँ राम्रो गरी हुनेभयो । दुनियाँलाई शोषण गरेर ढाडिएको उडुस अब मसँग सङ्गत गरेर पतित हुनेभयो ।’ उनले बोलिन् । ‘कसरी नि ?’ मैले सोधेँ ।
त्यो लास्टै पापी छ । एउटी छोरी र श्रीमतीलाई यति हेला गरेर चितवनमा राखेको छ कि साला उडुसलाई तह लाउने पात्र तिनै बन्छन् । यहाँ खुब धार्मिक किताब लेखेर धर्मी बनेको छ पातकी ।’ उनले भनिन् ।
‘प्रायः धार्मिक किताब निकाल्ने मान्छेको स्वभाव त्यस्तै हुन्छ कि क्या हो ! एउटा वैष्णव हुँ भनेर चन्दन घस्ने बुढाले पनि किताब छापेर पैसा दिएन नि …।’ मैले कुराको प्रसङ्ग बदल्दै बोलेँ ।
‘त्यो काठमाडौँमा तीनटा घर छन् भन्ने बुढाले पनि किताब छापेर पुरा पैसा दिएन हगि, त्यो बुढालाई त कता हो कालो मोसो र जुताका माला नै लगाएका हुन् रे ।’ उनले नयाँ कुरा सुनाइन् ।
‘विद्वान् छ बालाजुको उडुसभन्दा, बोलीचाली पनि असल छ त्यसो त गरेनन होला ।’ मैले नपत्याए झैँ गरेर बोलेँ ।
‘गरेका रे, मलाई त्यो नुवाकोट कि विदूषीले भनेकी ।’ उनले स्रोत उल्लेख
गर्दै बोलिन् ।
‘को हो फेरि नुवाकोटकी विदूषी भनेकी ?’ मैले जिज्ञासा राखेँ ।
एउटी नुवाकोटकी युवती छिन् खालि सदानन्द भन्छिन् । उसैको मात्र गुनगान गाउँछिन, अरूको कुरा सुन्दिनन्, हरेक कुरामा उनले मात्र जित्नुपर्छ । यही भएर उनको नाम नि मैले विदूषी राखिदिएकी, भेट हुँदा आहा ! विदूषीसँग भेट भयो आजको दिन शुभ हुनेछ भन्नुपर्छ । आशीर्वाद छ भन्छिन् ।’ उनले किस्सा सुनाइन् ।
‘रमाइलो रहेछ त ?’ मैले हाँस्दै बोले ।
‘रमाइली छिन् ती ।’ उनले बताइन् ।
‘अँ साँच्ची बालाजुको बुढाले के भन्यो नि ?’ मैले पुनः बुढाकै प्रसङ्ग निकालेँ ।
‘खै सर आउनुहुन्न र भनेर सोधेकी, म चिन्दिनँ, भन्यो सुरुमा, पछि चिन्छु भन्छ ।
कहाँ देखेको नानी तिमीलाई भन्यो ? मैले नि भनिदिएँ गौरी पब्लिकेशनबाट सबैभन्दा बढी किताब निकाल्ने नै मै हुँ । दमन्ता क्या ! । मैले यसरी परिचय दिएपछि मेरो फोन नम्बर माग्यो म हिँडिहालेँ ।’ उनले बेलिबिस्तार लगाइन् । ‘हो हो चिन्दिन भन्छ रे, मोहन अङ्कलले एक दिन सोध्नुभएको रे, म चिन्दिन भन्यो रे, अनि मोहन अङ्कलले पनि त्यो बाबु टुप्पाबाट पलाएको मान्छे रहेछ त्यही भएर चिन्दिन भन्यो । लेनदेन सबैसँग हुन्छ, एउटा लेखकले आफ्नै किताब छापिदिने प्रकाशकलाई चिन्दिन भन्छ भने त्यो मान्छे नभएर सिनु खाने पशु हो भन्दै हुनुहुन्थ्यो ।’ मैले बताएँ ।
‘तपाईं कहाँ जाने र दिउँसो ?’ उनले सोधिन् ।
‘कौशलटार जान्छु ।’ मैले जवाफ दिएँ ।
‘सुन्नु त मेरो एउटा किताब छाप्नुप¥यो ।’ उनले बोलिन् ।
‘खुब मिहिनेत गरेकी छु अनुवाद गर्नलाई ।’ अझ जोड दिएर बोलिन् ।
‘कुन किताब ?’ मैले सोधेँ ।
‘चाणक्यनीति ।’ उनले बताइन् ।
‘बजारभरि छन बिक्दैन कि ?’ मैले शङ्का व्यक्त गरेँ ।
‘बिक्छ, यदि यो बिक्यो भने तपाईंहरूले खोल्नुभएको रहेछ नि तन्मय वेदविज्ञान अध्ययन अनुसन्धान केन्द्र त्यसमा प्रत्येक महिना एउटा धार्मिक पुस्तक वर्तमान र समयसापेक्ष बनाएर निकाल्नेछु ।’ उनले उत्साह, शङ्का र आशा सहित जवाफ दिइन् ।
‘कुरा त ठिक हो म्याटर रेडी छ त ?’ मैले सोधेँ ।
‘रेडी छ ।’ उनले बताइन् ।
‘भोलि कापी ल्याएर छोडिदिनु न है ।’ मैले आग्रह गर्दै बोलेँ ।
‘हुन्छ ।’ उनले सहमति जनाउँदै बोलिन् ।
‘१० बज्यो म हिडेँ, कि जाने कौशलटार ?’ मैले जान त हुन्थ्यो तपाईंकी बुढीले दमन्ता सँग सँगै हिँडेको देखी भने फेरि भुइँचालो मच्चाउँछे । कुरै बुझ्दिन, त्यही भएर त दुःख पाइरहेकी छु । तपाईंकी बुढीको त्यो बानी देख्दा त सौता बनेर बसौँ बसौँ लाग्छ । तर ढकाल सिधा छ, तपाईंबाट समाजले सिक्नै पर्ने गुण सहनशील स्वभाव । आफ्नो विरुद्ध मोर्चाबन्दी गर्नेलाई पनि सम्मान र समभाव हो ।

आज पुस्तक अन्तर्गत स्रजक दामोदर ढकाल ‘दिपक’ द्धारा रचित उपन्यास ‘तँ ‘ को दोस्रो अंश यहाँहरु सामू प्रस्तुत गरेका छौँ । यसको बाँकी अंश पनि सिनेपत्रबाट प्रकाशन हुनेछ ।

Comments
Related News