चिनियाँ फिल्म महोत्सव राजधानीमा शुरु(फोटो फिचर)

सिनेपत्र/काठमाडौँ
समाज र संस्कृति बुझन् चलचित्र सशक्त माध्यम हुन सक्छ । यहि उद्धेश्य बोकेर नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र र वर्ल्ड कल्चरल नेटले हरेक वर्ष झैँ यो बर्ष पनि चिनियाँ फिल्म महोत्सव राजधानीमा शुरु भएको छ ।

मंगलबार देखि जमलस्थित राष्ट्रिय नाचघरमा शुरु भएको चिनियाँ फिल्म महोत्सव । महोत्सवमा ६ वटा चिनियाँ फिल्म प्रदर्शन हुँदै छ । महोत्सवमा चर्चित निर्देशक वङ्गकार वाई निर्दे्शित ‘द ग्राण्डमास्टर ’, दाँते लाम निर्दे्शित ‘ अपरेसन मेकङ ’, जँ ज्याक्युज अनौद निर्दे्शित ‘ वुल्फ टोटेम ’, लेस्त चेन निर्दे्शित ‘ ब्याटल अफ मेमोरिज ’, हान यान निर्दे्शित ‘ गो अवे मिस्टर ट्युमर ’ र हाइ चोङ निर्दे्शित ‘ रनिङ लाईक विन्ड ’ प्रदर्शन हुनेछ ।

महोसत्वमा यसपटक चिनियाँ फिल्म ग्रुप कर्पोरेसनको पनि सहभागिता रहने छ । महोत्सवअन्तर्गत नै यस वर्ष पेकिङ युनिभर्सिटीको आर्ट इन्स्टिच्युटका प्रोफेसर चेन सुगुआङसँग विशेष अन्तरसंवाद पनि हुनेछ । चिनियाँ चलचित्र महोत्सव भाद्र ३१ देखि असोज २ गते सम्म चल्ने उक्त फिल्म महोत्सवमा प्रवेश निःशुल्क रहने छ ।




